ठमेल


कति महादेवहरु पार्वतीका शरीर किनेर भोगचलन गरिरहेका छन्
कति बिष्णुहरु लक्ष्मीका दलाली गरिरहेका छन्
अनि कति ब्रह्माह  टुलुटुलु हेरिरहेका छन् सरस्वतीका लाचारीको बेचबिखनको खेल
ठमेलका कुना काप्चाका ब्रह्माण्डमा यस्तै खेल सधै चलिरहन्छन्
अनि समय निर्लज्ज हाँसिरहन्छ
हा हा
हा हा हा
बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई आलु
लोल्

अति भो !!


कहिलेकाही त लाग्छ बिष पिएर मरिदिउँ
अनि कहिले लाग्छ कतै झुन्डेर आत्महत्या गरिदिउँ
बेपत्ता भइदिउँ
कसैको फेला नपरीदिउँ
जब जिन्दगीले अति गर्छ
सहनशक्तिको सिमा कट्छ
लाग्छ बलिरहेको आगोमा हामफालीदिउँ
र जिउंदै जलिदिउ
कहिलेकाही त लाग्छ बिष पिएर मरिदिउँ 
कहिलेकाही त लाग्छ बिष पिएर मरिदिउँ ll 
 हा हा !! 

देशद्रोही


आज तिमी मेरो देश शहिद भएको हेर,
अशान्ति र अराजकताले आजित भएको हेर,
अभाव र आतंकसँग पराजित भएको हेर
देशको हीन यो अवस्था,
आज तिमी मेरो देश अभिशापले डढेको हेर,
अकालमा मरेको हेर,
शरद् रृतुमा बतासे पातझैँ झरेको हेर,
तिमी केवल मौन भएर हेर,
आज तिमी मेरो देश शहिद भएको हेर,
मेरो यो सुन्दर देश फुटेको हेर,
जात धर्म भाषा क्षेत्र भन्दै टुटेको हेर,
एक भाइले अर्को भाइलाई कुटेको हेर,
तिमी केवल हेर,मौन भएर हेर !!

Dirty Poem 2


संभोग !!
भुलेर सबथोक आज तिमी ममा समाहित होऊ ,
साँचेर राखेको तिम्रो कुमारित्व मलाई थमाऊ,
आउ प्रिय मेरो आलिङ्गनमा रमाऊ ,
अङ्ग अङ्ग चुमेर आनन्दको संसारमा हराऊ,
मन खोल ,
तिम्रा स्पर्शमा अङ्ग प्रत्यङ्ग बोल्ने बनाऊ
रसरङ्गमा रमाऊ !!
यो पललाई स्वर्णिम बनाऔ ,
आऊ हामी दुई संभोगमा रमाऔ !!

विवशता


न मैले छोडि नजाऊ भन्न नै सके ,
न तिमीले रोक न मलाई भन्न नै सक्यौ ,
समयको भुमरीमा यस्तरी फस्यौ ,
न म उम्किए न तिमी नै उम्कन सक्यौ !!

न अङ्गाली तिमीलाई आफुसाथ राख्न नै सके,
न भुलेर तिम्रा सारा याद हाँस्न नै सके,
यथार्थको जालोमा यस्तरी जकदिए,
न तिमीलाई भगाइ लान नै सके ,न तिमीलाई भुल्न नै सके !!

:(

म मर्दैछु !!


सम्झना तिम्रा म रक्सीले भुल्दैछु ,
हो म गल्दैछु,
कुनै गुनासो छैन तिमीसंग मेरो ,
तर म तिम्रो यादमा जल्दैछु ,
म ढल्दैछु ,
म सुस्त मृत्यु मर्दैछु !!
म मर्दैछु !!

:(